योगेश भट्टराईले संसदबाट पहिचान पक्षधरलाई सम्बोधन गरेमात्रै जिल्ला प्रवेश गर्न दिन्छौ (भिडियो सहित)

ताप्लेजुङ । पहिचान पक्षधरले नेकपा एमालेको नेता माथि भएको अवरोध गर्ने कार्यक्रम निरन्तर रहेको जनाएको छ ।विभिन्न चाडवाडको अवसर पारेर आउदो आईतवार नेकपा एमालेले गर्ने चियापान कार्यक्रम पहिचान पक्षधरले अवरोध गर्ने भएको हो । आज पत्रकार सम्मेलन गरी चियापान कार्यक्रम मार्फत पहिचान विरोधीहरु सार्वजनिक गर्ने गराउने षड्यन्त्र गरेको भन्दै पत्रकार सम्मेलननमा ताप्लेजुङ प्रवेश निषेध रहेको प्रतिनिधिसभा सदस्य योगेश भट्टराई र कोशी प्रदेश पक्षका सांसद तथा पहिचान विरोधी नेता तिलकुमार मेन्याङवोलाई ताप्लेजुङ खुला रुपमा सार्वजनिक गर्ने गराउने कार्यको घोर निन्दा गर्दै पहिचानको आन्दोलनलाई कमजोर नठान्न र सजक रहन जिम्मेवार सवैलाई विज्ञप्ती मार्फत अनुरोध छ भनिएको छ ।
कोशी नाम खारेजी संयुत्त संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समिति, लिम्वूवान क्रान्तिकारी पार्टी, पहिचानकालागि युवा लगायतका आठ वटा समितिले विज्ञप्ती मार्फत सचेत गराएका छन । शान्तिपुर्ण आन्दोलन बिरुद्ध कसैले जवरजस्ती गरेमा जनतावाट हुने प्रतिरोधको सम्वन्धित पक्षले जिम्मा लिनुपर्ने चेतावनीपनि विज्ञप्ती मार्फत दिइएको छ ।
प्रदेश १ पुन नामांकन संयुक्त संषर्स समितिले गत असार १ गते भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेका थिए । भट्टराई त्यसपछि कार्तिक २२ गते मात्रै गृह जिल्ला आएका थिए । राष्ट्रिय विभुती फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर भित्रिएको र त्यसवखत हिंसा नगर्ने उद्धेष्यले आफुहरुले सांकेतिक विरोध मात्रै गरेको तर अव तेस्तो नहुने पहिचानका लागि युवा मुक्कुम्लुङ युवाफोर्सका संयोजक नविन पोमु बताउछन ।
इलामका सांसद राम रानालाई कालो मोशो दलेको विषयमा सांसद भट्टराईले प्रतिनिधिसभामा दिएको अभिब्यत्ति प्रति उनीहरुको आपत्ति जनाएको हो । त्यही अभिब्यत्तीलाई लिएर पहिचान पक्षधरले उनलाई जिल्ला प्रबेश निषेधको घोषणा गरेका छन । उनिहरुलाई सम्वोधन गर्न भट्टराईले सुक्रवार सामाजिक सञ्जाल फेस वुकमा २ सय २५ शब्दको स्टाटश लेख्दै विगतका तिता कुरालाई विर्सिएर सगैं वस्नु र संवाद तथा छलफल गर्नु जरुरी रहेको उल्लेख गरेका छन ।
सवैका विचार भावना र पहिचानलाई सम्मान गर्ने प्रतिवद्धतापनि जनाएका छन । तर पहिचान पक्षधरले भने उक्त स्टाटसलाई हेपाहा प्रबृत्ति भनेका छन । प्रवेश निषेध भन्दा भन्दै आए त्यसको जिम्मेवार आफैं हुनुपर्ने लिम्वूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिस हेल्लोकले चेतावनी दिए । ताप्लेजुङवाट निर्बाचित एमालेका सांसदहरु भट्टराई, उर्मिला थेवे र प्रदेश सांसद मेन्याङवोले मंसिर १० गतेका लागि शुभकामना आदान प्रदान र चियापान कार्यक्रम आयोजना गरेका छन । सदरमुकाम फुङलिङ स्थित पार्टी कार्यालयमा हुने चियापानकालागि राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालय देखि सर्वसाधारणलाई निमन्त्रणा गरेका छन । दुई हजार वढीको सहभागीता रहने आयोजक सांसदहरु वताउ“दै आएका छन ।
पहिचान पक्षधरले विहिवार एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडा, उपसचिव द्धय मणी पोमु, दिपेन पोमु लगायतलाईपनि आफुहरुले प्रतिवाद गर्ने चेतावनी दिएको वताएका छन । उनिहरुको सम्वादपछि भट्टराईले पहिचान पक्षधरलाई सम्वोधन गर्न स्टाटश लेखेका हुन ।
‘लोकतन्त्रमा कुनैपनि विषयको समाधान संवादवाट गर्न सकिन्छ भन्नेमा हाम्रो पार्टी विश्वास गर्दछ । कोशी प्रदेशको नामाकरण र त्यसपछिका बिभिन्न घटनाका कारण कतिपय मित्रहरुले हाम्रो पार्टी र हामी प्रतिनिधिस“ग असहमती राख्दै आउनु भएको छ । यस बिचमा भएका घटना र एक अर्काप्रति लक्षित अभिब्यत्तिले सम्वन्धलाई चिसो वनाएको छ र केही अविश्वास सृजना गरेको छ । हाम्रो पार्टी र हामी जनप्रतिनिधिहरु सवैका विचार, भावना र पहिचानलाई सम्मान गर्दछौं र लोकतान्त्रिक विधि तथा संवादको माध्यमवाट समाधान गर्नु पर्दछ भन्ने विषयमा प्रतिवद्ध छौं’ भट्टराईको स्टाटशमा भनिएको छ ।
नेपालमा रहेका सवै जाती, भाषा, धर्म र संस्कृतिका जनताका बिचमा सम्मानपूर्ण राष्ट्रिय एकताको निर्माण गर्न आफ्नो पार्टी सदैव प्रतिवद्ध रहेको उल्लेख गरेका छन । यी सवै कामकालागि फेरीपनि बिगतका तिता कुरालाई बिर्सेर हामी स“गै वस्नु र संवाद तथा छलफल गर्नु जरुरी छ,’ भट्टराईले लेखेका छन, तसर्थ मंसिर १० को कार्यक्रममा वहाहरुको समेत उपस्थितिकालागि हार्दिक अनुरोध गर्दछौं ।’ तर बिज्ञप्तीपछि उनिहरु झनै आक्रोसित वनेका छन । आफुले दिएको अभिब्यत्ति फिर्ता लिएमात्रै भट्टराई प्रतिको आन्दोलन फिर्ता हुने प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका सदस्य प्रदिप मादेन बताउछन ।