ताप्लेजुङमा करेन्ट लागेर एकजनाको मृत्यु

वेलकम खबर
मंसिर ७, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । करेन्टर लागेर मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ बर्षिय मिलन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार करेन्ट लागेर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको थियो तर अस्पतालका डाक्टरले लिम्बुलाई मृत घोषणा गरेको प्रहरी जनाएको छ ।
मृतक लिम्बू युनाईटेड मेवाखोला हाईड्रो अन्र्तगत साउथ एशियसन कन्ट्रसनको क्रसर प्लान्टमा काम गदै आएको लिम्बुको घटना कसरी घट्यो भन्ने बारेमा अनुसन्धान भई रहेको प्रनि लुङ्गेली जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु