ताप्लेजुङमा बन्यो सुविधा सम्पन्न आईटी एकेडेमी,उद्घाटन गरी स्थानीय तहलाई हस्तान्तरण (फोटो फिचर तथा भिडियो सहित )

मदन गौतम
मंसिर ६, २०८०

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुविधा सम्पन्न आईटी एकेडेमीको भवन निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
अष्ट्रेलियामा निर्माण भएको भवनको मोडल अनुसार नै ताप्लेजुङमा ह्युमन प्राक्टीस फाउन्डेसनले आईटी एकेडेमी निर्माण गरी आज स्थानीय तहका प्रमुख मार्फत भानुजन माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

करिब ५ करोडको लागतमा सुविधा सम्पन्न आईटी ऐकेडेमी निर्माण गरिएको भानु माविका प्रधानअध्यापक किशोर राईले जानकारी दिनुभयो । उहाँले ह्युमेन प्राक्टीस फाउनडेसनका प्रमुख वाल्डेमर स्मीथ उद्घाटन गरी आज भवन हस्तान्तरण गर्नुभएको हो । कोशी प्रदेशमा प्रथम पटक निर्माण गरिएको सुविधा सहितको दुई तले भवनमा कम्प्युटर सहितको २ वटा कक्षाकोठा , कफिसप , स्टुडियो लगायतको कोठाहरु निर्माण गरिएको छ । भानु माविमा सञ्चालन भई रहेको भइरहेको आईटी कक्षा भवन बनेसगै नयाँ भवनबाट नै सचालन हुने आईटी ऐकेडेमी प्रमुख बसन्त पालुङवाले बताउनुभयो ।

ताप्लेजुङ जस्तो विकट जिल्लाका बासीन्दालाई सुचना प्रविधिमा सहज पहुँच पुयाउने र स्वरोजगार बनाउने उदेश्यले भानु माध्यमिक विद्यालयको पहलमा निर्माण सम्पन्न भएको प्रअ राईको भनाई छ । एचपिएफका प्रमुख स्मीथले युवा तथा महिलालाई सुचना प्रविधिबाट स्वरोजगार बनाउन एकेडेमी निमार्ण गरिएको हो र आउदो दिनमा आईटी एकेडेमीलाई आवश्यक सहयोग गर्ने बचत दिनुभयो। फुङलिङ नगर प्रमुख अमिर मादेनको आफनो नगरपालिकामा सुविधा सम्पन्न भवन बनेकोमा अत्यन्तै हर्षित हुदै थप सहयोगको अपेक्षा समेत ब्यक्त गर्नुभयो ।

उहाँले ताप्लेजुङबासीका लागि सुचना प्रविधिको ज्ञान हासिल गर्न सहज हुने बताउनुभयो । पाथीभरा याङवरक गाँउपालिका अध्यक्ष केसरकुमार सुब्बाले एकेडेमी नेपाल कै सम्पती भएको बताउदै यसको दिगोपनका लागि पालिकाले आवश्यक सहयोग गर्ने बचन दिनुभयो । कार्यक्रममा एचपिएफका प्रबन्धक निर्देशक, पर्निल,आठराई त्रिवेणी गाउँपालिका प्रमुख दिपेन पोमु , मिक्वाखोला गाउपालिका अध्यक्ष भक्त कार्की ,सिद्धिवा गाउँपालिका अध्यक्ष मान बहादुर राई ,प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल , सुरक्षा निकायका प्रमुख , एचपिएफका नेपालका प्रमुख शिव रायमाझी लगायतको उपस्थिति रहेको थियो । एचपिएफका प्रमुख लगायतका अन्य अतिथीहरुलाई नौमति बाजा,च्याबुङ लगाययत स्वागत गरिएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु