शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छु : प्रजिअ पौडेल
ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेलले ताप्लेजुङ जिल्लालाई शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सरुवा भएर केही अघि मात्र ताप्लेजुङ आईपुग्नु भएको प्रजिअ पौडेलले आज जिल्ला प्रशासन कार्यालयमा ताप्लेजुङका पत्रकारहरुसँग चिनजान गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले ताप्लेजुङलाई शान्ति सुरक्षा मजबुद बनाउदै जिल्ला प्रशासन कार्यालयबाट दिईने सेवालाई चुस्तदुरुस्त र ब्यवस्थित बनाउने समेत प्रतिबद्धता जनाउनुभयो ।उहाँले जिल्लालाई सुब्यवस्थित बनाउन पत्रकारको अहमभुमिका हुने बताउदै सुरक्षा निकायलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । पत्रकारले राहदानी लिदा केही समस्या भएको भन्ने प्रश्नमा जिल्ला प्रशासन कार्यालय परिसरभित्रैबाट राहादानीअनलाइन फारम भर्न पाउने व्यवस्थाको तयारी भइरहको जानकारी दिनुभयो उहाँले भन्नुभयो ‘ठ्याक्कै यहिँ मितिबाट त्यो व्यवस्था सुरु हुन्छ भनेर किटान त गर्दिन,तर यो व्यवस्था चाडै शुरु गछौ ।
पौडेलले राजनीतिक दल,उद्योगी व्यवसायी,रेडक्रस र होटल व्यवसायी संघका पदाधिकारी तथा सदस्यसंग जिल्लाको बस्तुस्थिति बारे छलफल गर्नु भएको । परिचय कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बू,सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति रवीन सिलवाल,प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाई र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले सहजीकरण गर्नु भएको थियो । यसअघिको प्रजिअ गोमादेवी चेम्जोङको सरुवा भएसंगै पौडेल ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा आउनु भएको हो । यसअघि मुस्ताङ,रसुवा र भोजपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसक्नु भएको पौडेलका लागि प्रजिअको भूमिकामा ताप्लेजुङ चौथो जिल्ला हो ।



















