पाथीभरा क्षेत्र विकास समितिको कार्यकारीमा हाङवाङ नियुक्त
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकाश समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो । मन्त्री स्तरीय निर्णयवाट चार वर्षकालागि नियुक्त गरिएको शाखा अधिकृत जंग वहादुर राईद्वारा दिइएको नियुक्ती पत्रमा उल्लेख छ । पाथीभरा क्षेत्र गठन आदेश २०५६ अनुसार कार्यकारी निर्देशकको पद नेपाल सरकारको उप सचिव सो सरहको हुन्छ । क्षेत्र विकाश समितिका अनुसार माशिक तलव भक्ताको व्यवस्था हुन्छ ।
यो पदमा यसअघि मनमणी काफ्ले रहेका थिए । काफ्लेको म्याद कार्तिक ६ गते सकिएपछि मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो । हाङवाङ आठराई त्रिवेणी गाउपालिका निवासी हुन् । यसअघिको स्थानीय तहको निर्वाचनमा हाङवाङ माओवादी पार्टीवाट उपाध्यक्षको उम्मेद्वार समेत बनेका थिए । उनी पाथीभरा वहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन । पाथीभरा क्षेत्र विकाश समितिको अध्यक्ष र सदस्यहरुको नियुत्तिपनि मन्त्रालयले गर्ने गरेको छ
।



















