ताप्लेजुङमा बालबालिका सम्बन्धी गरेको उपलब्धि सार्वजनिक
ताप्लेजुङ । बालबालिका सम्बन्धि कार्य गर्ने स्थानीय संस्थाले एक बर्षको उपलब्धि सार्वजनिक गरेको छ ।
किन्डरमिसन जर्मनको आर्थिक सहयोग र मानव अधिकार मञ्चको साझेदारीमा सञ्चालित बालअधिकारको लागि ऐक्यबद्धता कार्यक्रमको उपलब्धी ताप्लेजुङ जिल्लामा सार्वजनिक गरेको हो ।
कार्यक्रम कार्यान्वयन गर्ने संस्था वातावरण संरक्षण तथा विकास मञ्चले आज पत्रकार सम्मेलन गरी उपलब्धी सार्वजनिक गरेको हो । ताप्लेजुङमा नौ वटा स्थानीय तह रहेपनि नमुनाको रुपमा आठराई त्रिवेणी गाउँपालिकामा मात्रै उक्त कार्यक्रम मार्फत बाल अधिकार तथा संरक्षणको विभिन्न कृयाकलाप गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रमको फोकल पर्सन दिपेन्द्र सुवेदीले आठराई त्रिवेणीमा ७ बटा विद्यालयमा शिक्षक विद्यार्थीलाई तालीम प्रदान गरेको, पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जिसस प्रमुख उपप्रमुख पालिका उपाध्यक्ष सहितलाई जिल्ला स्तरीय अन्तरक्रिया प्रदान गरेको, बालक्लब सञ्जाल गठन गरेको साथै सोही क्लबलाई तालीम प्रदान गरको स्थानीय तहले बालबालिका सम्बन्धी बजेट विनियोजन गर्नुपर्छ भनेर स्थानीय तहसँग माग गरेको लगायतका उपलब्धि सार्वजनिक गरेको हो ।
संस्थाको अध्यक्ष खड्गविक्रम सुवेदीले कार्यक्रम बालअधिकार बारेमा सचेत गराउने कार्य गरेको जानकारी गराउँदै बालबालिकाको हक अधिकार संरक्षण सम्बद्ध तथा सहभागिताका लागि काम गर्न कार्यक्रमले पालिकालाई सहयोग पुगेको बताउनुभयो । अध्यक्ष सुवेदीले बालबालिकाको हकहितको लागि कार्यक्रमको निरन्तरताको समेत माग गर्नुभएको छ ।



















