एमाले परित्याग गरेको सूचनापछि मौलापुरकी मेयर साह पदमुक्त

वेलकम खबर
अशोज ३०, २०८०

काठमाडौं  । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह पदमुक्त भएकी छन् ।निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै उनको पद रिक्त भएको जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘रौतहट मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको जानकारी गराइन्छ ।’

उनी २०७९ सालको बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएकी थिईन् । तर, गत मंसिरको आम निर्वाचनमा पार्टीबाट विद्रोह गदै प्रभु साहले एमाले परित्याग गरेपछि उनले पनि पार्टी छोडेकी थिईन् । उनी प्रभु साहकी पत्नीसमेत हुन् । अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् ।

पार्टी परित्याग गरेको सूचना एमालेले निर्वाचन आयोगमा दर्ता गरेपछि छानविनका क्रममा प्रमाणीत भएपछि उनको पद रिक्त भएको आयोगले जनाएको छ । उक्त स्थानीय तहमा पुनः उपनिर्वाचन गराउनुपर्नेछ ।[-reportersnepal

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*