गगन–विश्वप्रकाश भन्छन्– कोशीको राजनीतिक घटनाक्रमको जिम्मेवारी सभापतिले लिनुपर्छ

वेलकम खबर
अशोज २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।

सोमबार कोशी प्रदेशको घटनाक्रममा विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमिक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन् । छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

कोशीमा एमालेसंगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्नेमा महामन्त्रीद्वयको यसअघि नै धारणा रहेको उहाले बताए । उनले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे । माओवादीका नेता इन्द्र आङ्वोलाई कोशीको मुख्यमन्त्रीमा सभापतिले प्रस्ताव गर्दा नै आफुहरुको असहमति गरेको उनले बताए । शर्माले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमतिलाई चिर्कटो भएको भन्दै त्यसमा पनि दुई महामन्त्रीको सहमति नरहेको स्पष्ट पारे ।

कोशीको घटनाक्रमपछि आफ्नो निर्णयको बारेमा सभापति देउवाले आत्मसमिक्षा गर्नुपर्ने बताए । घटनापछि अहिलेको मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने मत रहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*