संसदीय समितिको निर्देशन- इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल स्वदेश ल्याउनू

वेलकम खबर
अशोज २३, २०८०

काठमाडौं ।संसदीय समितिले इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव तत्काल स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन, घाइतेहरूको उपचार गर्न र बेपत्ता भएकाहरूको खोजी गरी स्वदेश आउन चाहनेलाई ल्याउन निर्देशन दिएको हो ।

‘उक्त अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न, अप्ठ्यारोमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्ध पहल गर्न समिति सरकारलाई निर्देश गर्दछ,’ समितिका सभापति राजकिशोर यादवले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*