कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिए ६ दिनको समय
वेलकम खबर
अशोज २०, २०८०
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुखले १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।




















