आफूलाई विश्वासको मत दिन पत्रमार्फत सबै दललाई मुख्यमन्त्री कार्कीको अनुरोध

वेलकम खबर
अशोज २०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ ।
प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा ९४० बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ ९पहिलो संशोधन सहित० को नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईको दल समक्ष हार्दिक अनुरोध गर्दछुु, कार्कीले पत्रमा भनेका छन्, ुसाथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।ु
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन गत असोज १७ गतेदेखि जारी छ ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यस पटक तटस्थ बस्ने सम्भावना बढी छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको हो ।
प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा ९एकीकृत समाजवादी०को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।-ratopati

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*