सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश

वेलकम खबर
अशोज १९, २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियोे भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*