एमालेमा यी चार केन्द्रीय सदस्यको पद गुम्यो

वेलकम खबर
अशोज १९, २०८०

काठमाडौ । नेकपा (एमाले)का चार जना केन्द्रीय सदस्यले पद गुमाएका छन्।
माथिल्लो (केन्द्रीय) कमिटीमा जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिने चार जना केन्द्रीय सदस्यले विधानअनुसार पद गुमाएका हुन्।
एमालेको विधानको धारा ६७ ९४० मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ।
पद गुमाउनेमा लुम्बिनी प्रदेश अध्यक्षमा प्रत्याशी बनेका हरिप्रसाद रिजाल, बागमतीमा प्रत्यासी बनेका कृष्णप्रसाद दाहाल रहेका छन्।
प्युठानका रिजाल लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेलसँग २ मतले पराजित भएका थिए भने दाहाल केन्द्रीय सदस्य कैलाश ढुंगेलसँग २ सय ५७ मतले पराजित भएका हुन्। ढुंगेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत ल्याएका थिए।
यस्तै कोशी प्रदेश अध्यक्षको प्रत्याशी बनेका मोरङका विनोदप्रसाद ढकालले पनि केन्द्रीय सदस्य पद गुमाएका छन्। उनी मोरङकै घनश्याम खतिवडासँग पराजित भएका थिए। खतिवडाले ढकाललाई ८२ मतान्तरले पछि पारेका हुन्।गण्ड

की प्रदेशमा मायानाथ अधिकारीले पनि केन्द्रीय सदस्य पद गुमाएका छन्। बिहीबार अबेर राति सकिएको प्रदेश अधिवेशनमा अधिकारी नवराज शर्मासँग पराजित भएका थिए। म्याग्दीका शर्माले लम्जुङका अधिकारीलाई १ सय ६६ मतले पराजित गरेका थिए।एमालेको विधानको धारा ६७ ९४० मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ। त्यहीअनुसार चारै जना केन्द्रीय सदस्यले पद गुमाएका हुन्।

कार्यकारी अधिकार र पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय सदस्यहरू पनि प्रदेश अध्यक्षको आकांक्षी बनेका थिए।कर्णाली प्रदेशमा पोलिटब्युरो सदस्य नै रहेका गुलाबजङ शाह प्रदेश अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएका छन्।एमालेले संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रदेशहरूका अधिवेशन गरिरहेको छ। शुक्रबारबाट उपत्यका विशेष प्रदेशको अधिवेशन आरम्भ हुँदै छ। यसपछि सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुने छन्।एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ। यही वर्षभित्र पालिका र जिल्ला अधिवेशनहरू गरिसक्ने लक्ष्य लिएको छ।-setopati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*