संघीय संसद्को दुबै सदन बैठक आज बस्दै

वेलकम खबर
अशोज १८, २०८०

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि छ।
बैठकमा सभामुख घिमिरेले पूर्वप्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
यता राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूचीछ। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोपत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा कानूनमन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेश गर्ने कार्यसूची पनि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*