ताप्लेजुङ एमाले अध्यक्ष थेबेको स्वास्थ्य सुधार हुदै

वेलकम खबर
अशोज १७, २०८०

काठमाडौ ।  नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवेको स्वास्थ्यमा सुधार आएको छ ।
तीन दिन अघि विराटनगरमा भइरहेको प्रदेश अधिबेशनको क्रममा अकस्मात विरामी भएपछि उहाँलाई  काठमाण्डौंको गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र ल्याए उपचार गरिरहेको छ ।

मुटुका विरामी रहेका अध्यक्ष थेवे आज विहान होसमा आएको र विहान थोरै जाउलो खाएको र  अहिले स्वास्थ्यमा क्रमश सुधार हुदै गएको हुनाले आईसियुबाट नर्मल वाडमा सिफट गरेको अध्यक्ष थेवेका छोरा क्षितिज थेवेले जानकारी दिनुभयो । अध्यक्ष थेवे छोरा क्षितिज एमाले भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन भने पत्नी उर्मिला थेवे प्रतिनिधि सभाको सांसद हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*