एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै

वेलकम खबर
अशोज १७, २०८०

ताप्लेजुङ ।  नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन । विराटनगरमा भइरहेको प्रदेश अधिबेशनको क्रममा अकस्मात विरामी भएपछि उनलाई थप उपचारकालागि काठमाण्डौंको गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र लगीएको छ ।
भुपेन्द्रका छोरा क्षितिज थेवेका अनुसार विराटनगरमा विरामी भएका उनलाई नोवेल अस्पताल भर्ना गरिएको थियो । चिकित्सकको सल्लाह अनुसार जहाजवाट काठमाण्डौं लगिएको हो । वुधवार पनि आइसियुमै राखेर उपचार भइरहेको र विहान होसमा आएको क्षितिजले वताए ।  वुधवार विहान थोरै जाउलो खाएको र होसमा फर्किएकाले सुधारको संकेत देखिएको परिवारले वताएका छन ।
उनलाई अक्सिजनमै राखिएको छ ।  जिल्ला कमिटि अध्यक्ष थेवेलाई मुटु लगायतको समस्या रहेको छ । भुपेन्द्रका छोरा क्षितिज एमाले भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन्भनें पत्नी उर्मिला थेवे प्रतिनिधि सभाको सांसद छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*