विराटनगर। नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष घनश्याम खतिवडासहित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो। उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । खतिवडाले ५१२ मत पाउनु भएको थियो भने ढकालले ४३० मत ल्याउनु भयो । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित हुनुभएको थियो । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचन भएका छन ।





















