ताप्लेजुङमा बोलेरो र मोटरसाईकल ठोकियो, मोटरसाईकल चालक गम्भिर घाईते
ताप्लेजुङ । ताप्लेजुङको मेची राजमार्गको कावेली फुङलिङ सडक खण्डको फुङलिङ ७ ऐश्वर्याचोकमा धरानबाट ताप्लेजुङ आउदै गरेको बोलेरो र मोटरसाईकल एक आपसमा ठोकिएको छ । धरानबाट आईरहेको को १ ज २५२७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको प्र १ –०३ –००१–४२९० नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा मोटरसाईकल चालक मेरिङदेन १ थिङलाबुका २८ बर्षिय अनिल शेर्पा गम्भिर घाईते भएका छन् ।
घाइते मोटरसाईकल चालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो तर जिल्ला अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख राजन लिम्बुले बताउनुभयो ।



















