ओलीको दाबी- कोशी तत्काल मध्यावधिमा जाँदैन, गठबन्धनले धकेले एमालेले भारी बहुमत ल्याउँछ

वेलकम खबर
अशोज १२, २०८०

प्रदेश अधिवेशनमा अध्यक्षको निर्देशन कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ, प्रतिनिधिले नयाँ नेतृत्व चुन्ने अधिकार प्रयोग भइरहेको छ

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गरेका छन् । प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको उनको भनाइ थियो ।

गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको बताएका हुन् ।‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन्’, ओलीले भने, ‘तत्काल मध्यावधिमा जान सक्ने अवस्था रहँदैन ।’यदि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी बहुमत ल्याउने उनको दाबी छ ।कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले नेतृत्व छान्ने अधिकार प्रतिनिधिलाई भएको बताए ।‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ’, ओलीले भने, ‘अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ ।’-nepalpress

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*