स्मृति दिवसमा २४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
ताप्लेजुङ । भुपु व्रिटिस आर्मी स्वगिय रणबहादुर लिङखिमको स्मृतिमा प्रतिष्ठानले फुङलिङ ७ को युवा बर्ष माध्यमिक विद्यालय कैजलेका २४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकोछ ।
प्रतिष्ठानले १ लाख ७५ हजार मुल्य बराबरको प्रति विद्यार्थी एक दर्जन कापी र एक दर्जन डटपेन वितरण गरेको प्रतिस्ठानका सदस्य तथा रेडियो काबेलीका स्टेसन मेनेजर दिनेश लिङखिमले बताउनुभयो । परिवारले स्वगिय रणबहादुर लिङखिमको निधन भए पछि २०७७ सालमा प्रतिष्ठानको स्थापना गरिएका थिए । उहाको २०५२ साल असोज ९ गते निधन भएको थियो ।
शैक्षिक सामागी वितरण कार्यक्रममा फुङलिङ ७ का वडा अध्यक्ष योगेन्द्र निरौला पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष लगायत संचारकर्मीको उपस्थिती रहेको थियो । विगतका बर्षमा पनि फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा कोभिडको समयमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी सुरक्षा निकायलाई माक्स ,सेनिटाइजर वितरण गरेको प्रतिस्ठानले जनाएकोछ ।



















