ताप्लेजुङमा बोलेरो दुर्घटना हुर्दा चालक सहित १३ जना घाईते

मदन गौतम
अशोज ९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा बोलेरो दुर्घटना हुँदा चालक सहित सवार १३ जना घाईते भएका छन् ।
तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जादै गरेको मे १ ज २१८६ नम्वरको बोलेरो सडकबाट अन्दाजी ७० मिटर तल झरी दुर्घटना भएको बताईएकोछ । दुर्घटनामा परि घाईते भएका सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन मुदेलले बताउनु भयो ।

प्रहरी निरिक्षकका अनुसार दुर्घटनामा परी बोलेरो चालक ताप्लेजुङ जिल्ला पाथिभरा याङवरक गापा–३ तिरिङगेका २१ बर्षिय भक्त कार्की, तिरिङगेकै ७० बर्षिय धनबहादुर डाँगी, ६२ बर्षिया फुलमाया बस्नेत,२२ बर्षिय कर्णबहादुर भट्टराई,३० बर्षिय बिमला डाँगी, ६ बर्षिया युनिसा बस्नेत , ४१ बर्षिया ललिता भट्टराई, २२ बर्षिय कुमार भट्टराई, ३७ बर्षिय मानबहादुर बस्नेत,३८ बर्षिय चन्द्रबहादुर कार्की र झापा बाह्रदशी गाउँपालिका वडा नं २ का ४१ बर्षिय कर्णबहादुर कार्की रहेको प्रहरीले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*