बुवालाई सम्झिँदै सुहाङले भने : राजनीतिक परिवारमा हुर्किँदैमा आफैंले अवसर पाउनुपर्छ भन्दिनँ

वेलकम खबर
अशोज २, २०८०

इलाम। नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पूरा गर्न लागिपर्ने अठोट गर्नुभएको छ ।

नेकपा एमाले इलामले आज आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै उपाध्यक्ष नेम्वाङका कान्छा छोरा सुहानङले यस्तो अठोट गर्नुभएको हो । उहाँले आफ पिता सुवास सधैं लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धाका हिमायती भएको बताउनु भयो । आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनु पर्ने नठान्ने तर बुबाको सपना पूरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढिरहने प्रतिवद्धता उहाँले जनाउनु भयो ।

नेम्वाङले दैव छन कि छैनन आफूलाई थाहा नभएको तर यदी दैवको अस्तित्व रहेको भए उनले आफ्ना बुबालाई अन्याय गरेको बताउनु भयो । नेम्वाङले आफ्ना बुबा सधैं लोकतन्त्र बलियो होस, संविधान र कानुनको राज होस भनेर दौडधुप गर्ने नेता भएको स्मरण पनि गर्नुभयो ।

बुबाको मृत्यूपछि अस्पतालदेखि आर्यघाटसम्म नेकपा एमालेले गरेको व्यवस्थापनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सवै नेतागणलाई धन्यवाद दिनुभयो । यसैगरी राजकीय सम्मान दिएकोमा सरकारलाई पनि उहाँले धन्यवाद दिनुभएको छ ।

एमालेले आज सातै प्रदेशमा संविधान र सुवास भन्ने कार्यक्रम आयोजना गरेर श्रद्धान्जली सभा गरिरहेको छ । कोशी प्रदेशको श्रद्धान्जलीसभा इलाममा आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*