ताप्लेजुङमा बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ
ताप्लेजुङ । बलात्कार आरोपमा शिक्षक पक्राउ १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी, महादेवा गाउँपालिका सिदिङ्वा गाउँपालिका को निलगिरी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक लक्ष्मीप्रसाद शाहलाई भदौ २८ गते पक्राउ गरेकोछ ।
निलगिरी माध्यमिक विद्यालयमा अध्ययनरत पीडित बालिकालाई २०८० भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पिडित पक्षको उजुरीका आधारमा माध्यमिक विद्यालयमा विज्ञान पढाउने शिक्षकका रुपमा कार्यरत आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बूले बताउनु भयो । पीडित १३ बर्षिया बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २९ गते नै गरिएको छ ।



















