पाथीभरामा वडास्तरीय मेलमिलाप केन्द्रको स्थापना,बाडियो चुल्हो
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले पालिका भरिका वडाहरुमा वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गरेकोछ । त्यस्तै त्यस्तै सोही कार्यक्रममा विधुतीय चुलो पनि वितरण गरेको छ । पालिका अध्यक्ष केशर कुमार मेन्याङ्वोका अनुसार गत भाद्र २५ र २६ गते सबै वडामा मेलमिलाप केन्द्रको स्थापना गरिएको हो । संविधानमा उल्लेखित वडा तहमा समाधान गर्न सकिने न्यायीक कार्यलाई सहज तरिकाले समाधान गर्न केन्द्रको स्थापना गरिएको मेन्याङबोको भनाइ छ । केन्द्रको स्थापना भए सँगै अब वडा तहको न्यायीक मामलामा उक्त केन्द्रले नियममा उल्लेख भएको कार्य सम्पादन गर्नेछ ।
त्यस्तै पालिकाले नविकरणीय उर्जा कार्यक्रम अन्तर्गत वडाहरुमा विधुतीय इन्फ्रारेड इन्डक्सन चुलो पनि वितरण गरिएको छ । आयतीत ग्याँसको खपत कम गर्ने उदेश्यका साथ चुलो वितरण गरिएको पालिका अध्यक्ष मेन्याङ्वोले बताउनुभयो । विजुलीको पहुँच भएका तथा दाउराको अभाव भएका सर्बसाधरणलाई उक्त चुलो वितरण गरिएको हो ।



















