प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

वेलकम खबर
भदौ २६, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भैरहेको बेला प्रधानमन्त्री प्रचण्डले आकस्मिक क्याबिनेट बैठक बोलाएका हुन्।स्रोतका अनुसार संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न क्याबिनेटको आकस्मिक बैठक बस्ने तयरी भएको हो।नियमित मन्त्रीपरिषदको बैठक भने मंगलबार साँझ ५ बजे बस्दैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*