आठराई त्रिवेणीले उद्यमीलाई प्रविधि हस्तान्तरण गर्र्यो
वेलकम खबर
भदौ २४, २०८०
ताप्लेजुङ । आठराई त्रिवेणी गाँउपालिका ताप्लेजुङले उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको छ ।
पालिकाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तगर्त पालिका भित्र रहेको २१ जना उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको हो ।पालिकाले उद्यमीहरुलाई उद्यम गर्न आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरेको पालिका अध्यक्ष दिपेन पोमुले बताउनुभयो ।पालिकामा आज एक कार्यक्रम गरी प्रविधि हस्तान्तरण पालिका अध्यक्ष दिपेन पोमु उपाध्यक्ष शान्ता आङबुहाङ, प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर भट्टराई लगायतले गर्नु भएको थियो ।





















