प्रहरी निरीक्षकलाई निलम्बन र ४८ घण्टा भित्र डिएसपीको सरुवाको माग

मदन गौतम
भदौ २२, २०८०

ताप्लेजुङ । कोशी प्रदेशसभा सदस्य तथा तरुण दल ताप्लेजुङका पूर्वसभापति खगेनसिङ हाङ्गाममाथि प्रहरीले नियोजित रुपमा आक्रमण गरेको भन्दै नेपाली कांग्रेसले प्रहरी निरिक्षकलाई निलम्बन ताप्लेजुङ प्रहरी प्रमुखको ४८ घण्टा भित्र सरुवाको माग गरेको छ ।
कांग्रेस ताप्लेजुङले विज्ञप्ती प्रकाशित गदै आफनो सांसद खगेनसिह हागाम माथि भएको नियोजित रुपमा भएको साघातिक आक्रमण गर्ने प्रहरी निरिक्षक सुजन मुदेल तथा संलग्न प्रहरीलाई निलम्बन र निर्देशन दिने असक्षम प्रनाउ राजन लिम्बुको ४८ घण्टामा सरुवा गर्न माग गरेकाछन् । नागरिकलाई सन्तुलित न्याय र शान्ति सुरक्षा कायम गर्ने प्रहरी नेतृत्व खटाउन गृहमन्त्रालयलाई माग गरेको हो ।
विहिबार राती लाखेजात्रा तथा मिनिमेला हेर्न आएकी फुङलिङ १ की मन्जिला लंवालाई मादक पदार्थ सेवन गरेका हवल्दार जिरमान राई सहितको प्रहरीले कुटपिट गाली गलोज गरेर प्रहरी कार्यालय लैजादै गर्दा बाटोमा होटलमा आउनेक्रममा महिला रुदै ,चिच्याउदै भेटेका ललितपुर जिल्लाका नेपाली काङगे्रसका नेता पेमा लामा तामाङ के भएको भनि सोध खोज गर्दा आफुमाथि आक्रर्मण भई कुटपिट भएको विज्ञप्ती भनिएकोछ ।
ताप्लेजुङमा आउनु भएका पाहुनाले आफुमाथि आक्रमण भएको बताए पछि पाहुनामाथि किन कुटपिट भएको भनि बुझ्न खोज्दा सांसद हाङ्गाम माथि प्रहरी निरीक्षक सुजन मुदेल सहितको टोलीबाट सांसदको निवासमा आक्रमण गर्ने, ढुङ्गामुढा गर्ने, अश्लील शब्द प्रयोग गर्नेजस्ता कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेकोछ । विज्ञप्तीमा सांसद हाङ्गामलाई विराटनगरसम्म पुगेर भएपनि ज्यान लिने धम्की दिएको घटना प्रति घोर निन्दा गर्दछ भनिएकोछ ।
विज्ञप्तीमा नेपाल प्रहरीले सुरक्षा दिनका सट्टा उल्टै जनप्रतिनिधिहरु माथि नै यसरी घर घेरी आक्रमण ज्यान मार्ने धम्की दिईन्छ भने जनताले कसरी शान्ति सुरक्षा प्रत्याभूत गर्ने प्रश्न गरेकोछ । जनप्रतिनिधी माथि हतियार सहित आक्रमण गराउने प्रहरी नेतृत्व सुरक्षा प्रमुख, रहिरहेमा यसबिाट हुने दुर्घटना र अकल्पनीय धनजनको क्षति घटनाको जिम्मेवारी सुरक्षा निकाय गृह प्रशासन जिममेवार हुनु पर्ने उल्लेख छ ।
विहीवार राती भएको घटनाले सर्वसाधारण,व्यबसायी, सवारी चालक पनि कुटपिट अन्याय अत्याचारले आक्रोषित भएको उल्लेख छ । नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले विज्ञप्तीमा हस्ताक्षर गरेका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*