एमाले ताप्लेजुङले प्रदेश अधिवेशनको लागि असोज ५ गते प्रतिनिधि छान्ने

वेलकम खबर
भदौ २२, २०८०

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले भदौ भित्रमा नयाँ पार्टी सदस्यलाई प्रत्येक वडामा सपथ ग्रहण गराउने भएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको १४ औ बैठकले सबै पालिकाको रिर्पोटिङ लिएको र पार्टी प्रदेश को सर्कुलर अनुसार भदौ २३ गते नयाँ पार्टी सदस्यहरु लाई जिल्ला भरी प्रत्येक वडामा सपथ ग्रहण गराउने निर्णय गरेको नेकपा एमाले पार्टी उपसचिव तथा प्रचार विभाग प्रमुख दिपेन पोमुले जानकारी दिनुभयो ।

त्यस्तै एमाले कोशी प्रदेश अधिवेशनको लागि असोज ५ गत् प्रतिनिधि सबै पालिकाबाट छनौट गर्ने र अन्य पाटीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिने निर्णय गरेको समेत उपसचिव पोमुले जानकारी दिनुभयो । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*