‘ऐंचोपैंचो’फिल्मले देश भित्रै केही गरौ भन्ने सन्देश दिएको छ : योगेश भट्टराई (भिडियो सहित)
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाली फिल्म हेर्ने बानी बसाले अरु फिल्महरु क्रमशः पाखा लाग्ने टिप्पणी गर्नु भएको छ । बुधबार बेलुका नेपाली फिल्म ‘ऐंचोपैंचो’ हेरेपछि मिडिया कुराकानीमा उहाँले विदेशी फिल्म लक्षित उक्त अभिव्यक्ति दिनु भएको हो ।
उनले भने, ‘अहिलेको ग्लोबल सोसाइटीमा कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउन त सकिंदैन, तर नेपाली फिल्म हेर्ने र नेपाली फिल्मलाई माया गरियो भने अरु फिल्म क्रमशः पाखा लाग्ने छ उहाँले भन्नुभयो ।’उहाँले ‘ऐंचोपैंचो’लाई नेपाली फिल्म उद्योगका लागि राम्रो गिफ्ट भएको समेत धारणा समेत ब्यक्त गर्नुभयो । ‘देशभक्ति र सामाजिक फिल्म रहेछ । नेपाली फिल्मलाई सही बाटोमा अघि बढ्न प्रेरणा दिएको छ । गलत प्रवृत्तिका विरुद्ध सम्झौता होइन, संघर्ष गर्नुपर्छ साथै विदेशमा होईन देशमै केही गरौ भन्ने सन्देश दिन फिल्मले खोजेको उहाँले बताउनुभयो । । समग्रतामा फिल्म राम्रो बनेको छ । नेपाली फिल्म जगतमा यो चाहिं एउटा राम्रो गिफ्ट हो,’ उहाँले भन्नुयभो ।
उहाँले फिल्ममा चित्रण गरिएका सन्दर्भ नेपाली राजनीतिसँग मिल्दोजुल्दो भएको समेत बताउनुभयो । ‘फिल्म हो, कतिपय वास्तविकता मिल्छन् र मिल्दैनन् पनि । यसमा राजनीतिका बारेमा जति टिप्पणी भएका छन्, यसका कतिपय कुरा सत्य छन् र यसलाई सुधार्नुपर्छ उहाँले भन्नुभयो ।



















