यस्तो छ उद्धव थापालाई पदमुक्त गर्दै हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सर्वोच्चको आदेश (संक्षिप्त पूर्णपाठ)
वेलकम खबर
भदौ २१, २०८०
काठमाडौ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रो पटक पद मुक्त गरेको छ।सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको पूर्ण इजलासले बिहीबार थापालाई पद मुक्त गरेको हो। प्रधानसहितको पूर्ण इजलासमा कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्। ।
थापाले सभाध्यक्षता गरेका सांसदको समेत जोडेर विश्वासको मत लिएको र उक्त कार्य संविधान संवत नदेखिएको भन्दै सर्वोच्चले उनलाई पदमुक्त गर्न आदेश दिएको हो।
थापालाई पद मुक्त गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिकमत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ।
कार्कीलाई संविधानको १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।
यस्तो छ सर्वोच्चको संक्षिप्त आदेशको पूर्णपाठ :




















