बहुसंख्यक मानिसको रुचि अनुसार प्रदेशको नामाकरण हुनपर्छ : रवि लामिछाने
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्नो जीवन नेपाली जनताको विकासलाई केन्द्रमा राख्ने बताउनुभएको छ । आफ्ना लागि र आफ्नाहरूका लागि रास्वपाले लाभ राजनिती नगर्ने र बोलेको गरेर देखाउने , देशको हित, युवाहरूलाई विदेश जानबाट रोक्ने, देशको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन अपरिहार्य रहेको उहाँँको उदघोष थियो ।
ताप्लेजुङको फुङलिङमा आयोजित खुल्ला सभालाई बिहीबार सम्बोधन गर्दै लामिछानेले वर्षै देखि राजनीतिको रोटी सेक्नेहरुले देशलाई विभिन्न मुद्दामा नेपाली जनतालाई विभाजित गरेर चुनाव जित्ने सहारा अन्त्य गर्नु पर्ने बताउनुभयो । अन्य दलहरूमा काठमाडौंमा बसेर ताप्लेजुङमा कसकसलाई जनप्रतिनिधिको तथा संगठनको जिम्मा दिने त्यसको केन्द्रबाटै निश्चित हुने तर रास्वपाले त्यस्तो नगर्ने प्रारम्भिक निर्वाचन प्रणाली छ यहीका जनताले आफ्ना जनप्रतिनीधि तथा संगठनमा कसकसलाई छनौट गर्ने उहाको भनाई थियो । यहाँँका बहुसंख्यक मानिसको रुचि र चाहाना अनुसार नामाङ्कन हुनुपर्छ’ कोशी प्रदेशको नामाङ्कन बारे भइरहेको विवाद बारे सभापतिले लामिछानेले यतिमात्र भने बढि बोल्न चाहनु भएन ।
‘ देशले अहिलेको राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै जनताको त्यो अभिलाषा राश्वपाले पूरा गर्ने उहाँको दावी थियो । जनताले २०८४ को निर्वाचनमा राश्वपालाई मुलुककै पहिलो शक्तिको रुपमा उदाएको हेर्न चाहेको भन्दै उहाँले देशभर देखिएको जनलहरले त्यो संकेत गरेको लामिछानेले बताउनुभयो । ‘राश्वपामा १–२ जना छन् भन्नेहरुका लागि प्रतित्युत्तर दिन तपाँईहरुको यो उपस्थिति नै काफी छ’उपस्थित मानिसहरुप्रति संकेत गर्दै उहाँले भन्नुभयो । पार्टी नेता तथा प्रतिनिधिसभाका सांसद डोलप्रसाद अर्याल,डाक्टर तोसिमा कार्की,केन्द्रीय सदस्य रमेश प्रसाँई सहितका नेताहरुले भने बुधवारै सम्बोधन गर्नु भएको थियो ।



















