जनजाति महासंघले ५० हजार स्वयंसेवक युवा तयार पार्ने

वेलकम खबर
भदौ २०, २०८०

काठमाडौ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले ५० हजार आदिवासी स्वयंसेवक युवा तयार पार्ने भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको काठमाडौमा दुई दिन (१८ र १९) सम्म चलेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो सो को लागि स्वयंसेवक युवा केन्द्रीय संयोजक महासंघका उपमहासचिव देबराज राईलाई तोकेको छ ।


महासंघले एक बर्ष भित्र २ लाख महासंघको नयाँ सदस्य निर्माण गर्ने समेत निर्णय गरेको छ । महासंघमा आबद्ध ५३ जातीय घटक संघका इन्चार्ज र ७७ बटै जिल्लामा जिल्ला ईन्चार्ज केन्द्रीय सदस्यतलाई तोक्ने निर्णय समेत गरेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेकपा (एमाले) को जनसंगठन हो । बैठक पासाङ शेर्पाको अध्यक्षता र पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल, पोलिट्ब्युरो सदस्य तथा महासंघ इन्चार्ज गोकुल घर्ति मगरको उपस्थितमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*