एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटब्युरो जियाजुनबीच भेटवार्ता

वेलकम खबर
भदौ १९, २०८०

चीन।  चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को निमन्त्रणामा चीन भ्रमणमा रहेका  नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ ।चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो ।भेटका क्रममा पोलिटब्युरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए ।  उनले नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गरे।भने  ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुसी छौं ।’

केपी ओली देशभक्त नेताको रुपमा पाएँ : जियाजुन

नेता जियाजुनले नेकपा ९एमाले० र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नु पर्ने बताए ।

नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताए ।

गत साउनमा आफ्नो नेपाल भ्रमणका क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्दै  जियाजुनले नेपालको बिकासमा सहयोगका लागि चीन तत्पर रहेको बताए । आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरीबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताए । उनले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने र नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले दक्षिण एशियाको गरिबी निवारणका लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताए ।

धान उत्पादनका लागि छोङछिङ प्रसिद्ध रहेको बताउँदै उनले नेपालको कृषिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताए । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने उनले बताए ।

नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिका : महासचिव पोखरेल 

महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताएका बताए । भृकुटी र अरनिकोदेखि नै जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै   सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गरे  ।

एमाले महासचिव पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनता र गौरवमा वृद्धि गरेको बताए ।

‘भृकुटी र अरनिको समयदेखि नै जनस्तरको सम्बन्ध रहेको छ । चीनको क्रान्तिका बारेमा बुझ्न नेपाली नेताहरूले तीन महिना हिँडेर पनि आफ्नो अनुभव लिएका थिएका थिए । सन् १९५५ मा मनमोहन अधिकारीको चीन भ्रमण गर्नुभएको  थियो   र मदन भण्डारीको चीनको भ्रमणले पनि विचार निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको थियो । केपी शर्मा चीनसँग पारवहन सम्झौता तेस्रो देशमा जाने बाटो र राष्ट्रिय स्वाधिनता र गौरव बढायो,’ महासचिव पोखरेलले भने  ।

जनताको बहुदलीय जनवादका प्रर्वतक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताए  ।महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताए।

उनले  राष्ट्रपति सीजिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरुको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताए ।

महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राखे  ।भेटमा नेकपा ९एमाले० विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी थिए  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*