राष्ट्रिय मान्यताप्राप्त दलको आर्थिक पारदर्शिता हेर्नुपर्छ : सांसद भट्टराई

वेलकम खबर
भदौ १९, २०८०

काठमाडौ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए। राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरूको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने भट्टराईको भनाइ छ।

‘सरकारले राजनीतिक दलसम्बन्धी ऐन पनि संशोधन गरेर आउन थालेको छ। त्यसमा विशेषगरी समितिले राष्ट्रिय मान्यताप्राप्त पार्टीहरूको लेखा पनि हेर्नुपर्छ। राजनीतिक दलको स्रोत कहाँबाट आएको छ । खर्च प्रणाली के भएको छ, कहाँबाट चलेको छ हेर्नुपर्छ,’ उनले भने।

भट्टराईले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरुजु सम्बन्धित दलमा समेत पठाउनुपर्ने धारणा राखे। आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*