झापालाई हराउदै ईलाम फाईनलमा, उपाधिको लागि ईटहरीसँग भिड्ने

मदन गौतम
भदौ १९, २०८०

ताप्लेजुङ। ताप्लेजुङमा सञ्चालन भई रहेको ताप्लेजुङ गोल्ड कपको सेमिफाईनल खेलमा झापालाई हराउदै ईलाम फाईनलमा प्रवेश गरेको छ ।आज भएको सेमिफाईनल खेलमा  निर्धारित समयमा दुवै टीमबाट १–१ गोल भएपछि सोझै खेल ट्राईबेक्ररमा प्रवेश गरेको थियो ।ट्राईबेक्ररमा रेडहस फुटबल क्लब इलामले रेडस्टार फुटबल क्लव बिर्तामोड झापालाई ५–४ हराउदै  ईलाम फाईनलमा प्रवेश गरेको हो ।ट्राईबेकरमा रेडहर्षका बिशाल लामा,आशिष लावती,पिकेश लोक्ताम,छिरिङ गुरुङ र बिबेक मगरले गरेका ५ वटै प्रहारले जाली चुमेका थिए । रेडस्टार फुटबल क्लवका मिलन राई‘ गोल गर्न किपले रोकेका थिए । निशान लिम्बू,जीवन गुरुङ,मिलन राई‘ए’ र मनोज राईको प्रहार भने गोलमा परिणत भएको थियो ।

अत्यन्तै रोचक तथा कडा प्रतिश्पर्धात्मक भएको खेलमा विदेशी खेलाडीको साथ पाएता पनि झापाले ट्राईबेक्ररमा गोल गर्न चुकेको थियो । भोलि उपाधिका लागि जुट विकास फुटबल एकेडेमी इटहरी र रेडहस इलाम फाईनल खेल हुनेछ । ताप्लेजुङ गोल्ड कपको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उप९विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु