विभेदकारी निजामती सेवा ऐन ल्याउन खोजेको भन्दै फुङलिङ नगरपालिका कर्मचारीले निजामति दिवस बाहिस्कार गर्ने
ताप्लेजुङ। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याउन लागेको प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाको विरोध फुङलिङ नगरपालिका ताप्लेजुङले गरेको छ ।
स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा ,बृतिविकासको सुनिशिचतता नभएको र प्रस्तावित निजामती सेवाको ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामति कर्मचारीको परिभाषामा नसमेटिएको भन्दै बिरोध जनाएका छन् । विभेदकारी निजामती सेवा ऐन भएको भन्दै सरकारले स्थानीय तहका कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै भदौ २२ गतेको निजामति सेवा दिवसमा सहभागी नहुने र त्यस दिन हातमा कालो पट्टी बाधी बिरोध जनाउने सयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने ,सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने , अन्तरप्रदेश सरुवाको ब्यवस्था संघिय ऐनमा उल्लेख हुनुपर्ने , निजामती अस्पतालमा सरकारी सबै कर्मचारीलाई समेट्नु पर्ने , संघ , प्रदेश र स्थानीय तहका कर्मचारी सेवा सुविधामा तथा वृतिविकासमा विभेद नभई समान हुनुपर्ने ,स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षा ब्यवस्था गरिनुपर्ने , प्रमुखप्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने , सरुवा प्रणालीलाई सहमतिका आभारमा नभई चक्रिय प्रणालीमा गर्नु पर्ने माग रहेकोछ ।



















