ताप्लेजुङमा तीन महिना पछिकाठमाडौं-ताप्लेजुङ उडान

वेलकम खबर
भदौ १८, २०८०

ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थलमा आजबाट हवाई उडान सुरु भएको छ । मौसमका कारण उडान प्रभावित भएको करिब ३ महिनापछि आजबाट नेपाल वायु सेवा निगमको जहाजले पहिलो पटक उडान भरेको हो । बर्षायमको समयमा प्राय नियमति जसो हुस्सु र कुहिरो लाग्दा भिजिबिलिटी कम हुने भएको कारण गत जेठ २४ गतेदेखि यता सुकेटार विमानस्थलमा उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै आजबाट शातामा ३ पटक नियमित उडान हुने नेपाल वायु सेवा निगम ताप्लेजुङका निमित्त प्रमुख सचिन तिवारीले जानकारी दिनुभयो । अब शाताको सोमबार, बिहीबार र शनिबार ३ दिन उडान हुने कार्यालयले जनाएको छ ।

तिवारीका अनुसार आज काठमाडौँबाट ७ जना यात्रु ताप्लेजुङ आएका छन् भने यहाँबाट १ जना यात्रुमात्रै काठमाडौँ पठाइएको छ । नियमित उडान नभएकाले यात्रुलाई  उडान हुने सम्बन्धि जानकारी नभएकाले आज १ जना मात्रै काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।
हवाई उडान सुरु भएसँगै जिल्लाबासी भने हर्षित भएका छन् । पाथीभरा, कञ्चनजंघा, तिम्बुङ पोखरी लगायतका दर्जनौँ पर्यटकीय स्थल भएको ताप्लेजुङमा बाह्रै महिना उडानको आवश्यकता रहेको विभिन्न सरोकारवालाहरुले बताउने गरेका छन् । यद्यपि मौसमका कारण अधिंकास उडानहरु प्रभावित हुने गरेका छन् । -radiotamor

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*