किन भयो केक्याप अध्यक्ष फेम्वुमाथी सांघातिक हमला,सातवटा संस्थाद्धारा विरोध मेयरको राजीनामा माग

वेलकम खबर
भदौ १७, २०८०

ताप्लेजुङ । भाद्र १३ गते विहान कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खगेन्द्र फेम्वुले फुङलिङ नगरपालिका वडा न ४ का वडाध्यक्ष दुर्गा पालुङवालाई सिक्कल प्रहार गरेको र हातमा टाँचा लगाउनु परेको चर्चा वाहिरियो ।
विहान ११ वजेतिर भएको घटना जिल्ला प्रहरी कार्यालयमा पुग्यो । वेलुका दुवै पक्षका प्रहरीबाट वाहिरिए र विवाद मिलेको वताए । त्यसको दुईदिनपछि विभिन्न सातवटा संस्थाले विज्ञप्ती प्रकाशित गरी फेम्वुमाथी सांघातिक आक्रमण भएको जनायो ।
पाथीभरा केवलकार खारेज संघर्ष समितिका अध्यक्ष समेत रहेका फेम्वुलाई हेलमेट लगायतले निर्घात कुटपिट गरिएको दावी ती संस्थाका प्रतिनिधिले गरेका छन । फेम्वुमाथी चौतर्फी आक्रमण र प्रहार भएको संस्थाका प्रतिनिधिले बताएका छन । सदरमुकामको सडक नाप्ने र अवरोध गर्न खोज्ने विच विवाद भएको र त्यही विषयमा फेम्वुमाथी निर्घात कुटपिट भएको किरात याक्थुङ चुम्लुुङका सरोज कङलिवा बताउछन ।
फेम्वुले आत्मरक्षाका लागि सिक्कल उचालेको र रोक्ने क्रममा वडाध्यक्ष पालुङवाको हातमा चोट लागेको उनले वताए । पालुङवाले पनि फेम्वुले सिम्क्कल निकालेको र आफुले नियन्त्रण लिने क्रममा हातमा चोट लागेको वताए । फेम्वुले सिक्कल निकालेपछि सडक वनाउनु पर्छ विकास रोकिनु हुदैन भन्ने स्थानीयले आक्रमण गरेको हुनसक्ने पालुुवा वताउछन ।
फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेनको उपस्थितिमा भएको आक्रमण सडक विस्तारको विषय मात्रै नभएर पाथीभरा केवलकारको विषयपनि रहेको संस्थाहरुको दावी छ । विज्ञप्तीमा नगर प्रमुख लगायतका केही जनप्रतिनिधिले नैतिक रुपमा आम नागरिकसँग माफी मागेर राजीनामा गर्नुपर्ने पनि उल्लेख छ ।
विज्ञप्ती प्रकाशित गर्नेमा किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवा, किरात धर्म तथा साहित्य उत्थान संघका कर्णवहादुर पालुङवा, किरात राई यायोक्खाका अध्यक्ष अभिषेक राई, खसजाती एकता समाजका संयोजक नरवहादुर विष्ट रहेका छन । यस्तै कोशी खारेज संघर्ष समितिका संयोजक डम्वर पालुङवा, केवलकार खारेज संघर्ष समितिका सहसंयोजक पुर्ण पालुङवा र मुकुम्लुङ संयुक्त संघर्ष समितिका सह संयोजक दिपक लिम्वुले हस्ताक्षर गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*