एमाले नेता चढेको बुद्ध एयरको जहाज जनकपुर नओर्ली काठमाडौँ फर्कियो
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुनः काठमाडौँ नै फर्किएको छ । जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ नै फर्काएर अवतरण गरिएको हो ।
सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।
जनकपुर नजिकै पुगेर पनि आकाशबाटै जहाज फिर्ता काठमाडौं फर्किएको र प्राविधिक समस्या भएको जानकारी गराएको बताउँदै नेता सुवास नेम्वाङले भने, ‘काठमाडौँबाट अर्को जहाज चढेर पुन जनकपुर जाने तयारीमा छौं ।’



















