ताप्लेजुङ समाजमा पुन तुम्बाहाम्फे निर्वाचित, महासचिवमा बिष्ट
काठमाडौ । ताप्लेजुङ समाज नेपालको दोश्रो अधिवेशनले डम्बरबहादुर तुम्वाहाम्फेलाई पून अध्यक्षमा निर्वाचित गरेको छ ।
काठमाडौमा सम्पन्न दोश्रो अधिवेशनले बरिष्ठ उपाध्यक्षमा रमेश बराल निर्वाचिन गरेका हो भने उपाध्यक्षहरुमा अग्नी पौडेल,चैतन्य तुम्वाहाम्फे,हरि प्रसाद थापा र गणेश न्यौपाने निर्वाचित भएका हुन महासचिवमा देउमान विष्ट उपमहासचिवमा मिङमाकामी शेर्पा,योगेन्द्रकुमार नेयाङ,मानबहादुर थलङ,प्रकाश ईवाराम,मिङमादोर्ची शेर्पा गुरुप्रसाद खतिवडा र छत्रबहादुर कार्की निर्वाचित भएको समाजले जनाएको छ ।
त्यस्तै सचिवहरुमा सुजता पन्दाक,खड्गप्रसाद पौडेल औध सामेखाम,निर्मला लिवाङ,कृष्ण केदेम,ईन्द्रप्रसाद कडरिया,बिष्णु सुवेदी, भिम सेम्वो र सीता पौडेल दहाल रहेका छन । त्यस्तै कोषाध्यक्षमा बीरेन्द्रकुमार दाहाल र सह कोषाध्यक्षमा अमृता नेपाली निर्वाचित भएको हुन ।
अधिवेशनले ताप्लेजुङको पालिकाको प्रतिनिधित्व हुने गरी सदस्यहरु निर्वाचित गरेको छ । जस्मा फुङलिङबाट जगतबहादुर पालुङवा र शान्ति ईजम, फक्ताङलुङबाट दुशान्त दाहाल, चन्द्र भट्टराई पौडेल त्यस्तै मिक्वाखोलाबाट चन्द्रहाङ लिम्बु र सुमना लिम्बु मेरिङदेनबाट विष्णु शेर्पा र रुपमान लिम्बु मैवाखोलामा मोहन लिम्बु र लोकमान लिवाङ –लोकश आठराईत्रिवेणीमा धनमाया आङबुहाङ र निराजन नेपाली सिदिङवामा विक्रम लिम्बु र सृजना ताम्लिङ सिरिजंघमा मिङमा भोटिया र सुवास थेवे निर्वाचित भएको उपाध्यक्ष अग्नी पौडेलले जानकारी दिएका छन ।
त्यस्तै खुल्ला सदस्यमा धनमाया पाङमा,भिम सेनेहाङ र ताराहाङ लिवाङ निर्वाचित भएका छन भने महिला सदस्यहरुमा सरुमाङमु लिम्बु, पवित्रा वनेम र रविना पन्दाक निर्वाचित भएको समाजले जनाको छ ।
अधिवेशनमा विद्यान सम्सोधन लगायतका केही प्रक्रियालाई लिएर पूर्व उपाध्यक्षहरु युवराज गुरुङ,ईन्द्रबहादुर शेर्पा तारा श्रेङ सहकोषाध्यक्ष सलमान थलङ, तपन राजभण्डारी सचिव खगेन्द्र राई लगायतले विज्ञप्ती निकालेर असहमति जनाएको छ ।



















