युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड: क्षितिज थेवे

वेलकम खबर
भदौ ११, २०८०

भद्रपुर। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनमा आबद्ध युवाहरुलाई देशको समृद्धिका लागि काम गर्न आव्हान गर्नु भएको छ।

आइतबार भद्रपुरको सिटी गार्डनमा आयोजित राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष थेवेले युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएकोले यो शक्तिलाई खेर फाल्न नहुने धारणा व्यक्त गर्नु भयो ।

अध्यक्ष थेवेले अहिले युवा वर्ग राजनीतिप्रति उदासिन बन्दै गएको प्रति दुःख व्यक्त गर्दै देशको भाग्य र भविष्यको मुख्य आधारशिला युवा भएकोले राजनीतिबाट टाढा भाग्न नहुने उल्लेख गर्नु भयो ।

उहाँले राष्ट्रिय युवा संघ सबैभन्दा ठूलो जनाधार भएको स्थापित संगठन भएकोले यही संगठनमा गोलबद्ध भएर देश र जनताको हितका लागि काम गर्न युवाहरुलाई आह्वान गर्नु भयो ।

दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संगठनका केन्द्रीय सचिव पर्वत भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार अहिले बन्दशत्र चलिरहेको छ।

कार्यक्रममा नेकपा एमाले झापाका उपससिचव एवम् जनसंगठन संयन्त्र प्रमुख असारु राजवंशीले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघमा आबद्ध युवाहरुलाई रचनात्मक गतिविधिमा अग्रसर हुन आग्रह गर्नु भयो । कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा भएका गतिविधिका बारे चर्चा गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*