ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक, पहिलो खेलमा ताप्लेजुङले ईटहरीको सामना गर्ने (खेल तालिका यस्तो छ)

वेलकम खबर
भदौ १०, २०८०

ताप्लेजुङ । लाखेजात्राको अवसरमा ताप्लेजुङमा खेलाईने ताप्लेजुङ गोल्डकप फुटवल खेलको खेल तालिका सार्वजनिक भएको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङको भानु उच्च माविको खेल मैदानमा हुने खेलमा पहिलो खेल ताप्लेजुङले ईटहरीको सामना गर्ने भएको छ । भाद्र १४ गते मानाभरा स्र्पोटिङ क्बल र जुटविकास स्र्पोटिङ क्लब ईटहरी बीच हुने छ ।

त्यस्तै दोश्रो खेल रेडहर्स क्लब ईलाम र गोर्खा स्र्पोट क्लब दमक झापा विच १५ गते हुने आयोजकले जनाएको छ । १६ गते फिदिम स्र्पोटिङ क्लब पाँचथर र पथरी ११ विच हुनेछ । त्यस्तै रेडस्टार क्लब विर्तामोड झापा र छिमेकी देशका दार्जिलिङ युनाईटेड कुर्सेङ फुटबल क्लब बीच रोमान्चक खेल हुने खेल तालीम उल्लेख छ । खेललाई भब्य र सभ्य बनाउनका तयारी तिब्रगतिले पारिएको ताप्लेजुङ गोल्डकप गोल्डकप आयोजक समितिका अध्यक्ष देवराज गुरुङ जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*