पाथीभरा मन्दिरमा हालसम्मकै बढी भेटी संकलन (पूर्ण विवरण सहित )

वेलकम खबर
भदौ १०, २०८०

ताप्लेजुङ । पाथीभरा मन्दिरमा हालसम्मकै सबैभन्दा बढी भेटी–दान गत आर्थिक वर्षमा संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले आईतबार प्रेश विज्ञप्ती जारी गर्दै हालसम्मकै बढी भेटी गत आर्थिक वर्षमा संकलन भएको जनाएको हो ।

गत आर्थिक वर्षमा आएका २ लाख १ हजार ४ सय ४८ जना तिर्थयात्रीबाट ३ करोड १९ लाख १६ हजार ८ सय रुपैँया भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे र कार्यकारी निर्देशक मनमणी काफ्लेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा भेटी दानबाट २ करोड ८५ लाख ६२ हजार ४ सय ९८ रुपैँया, सिक्का सटहीबाट ८१ लाख ५६ हजार, दाताबाट बैँकमा प्राप्त १४ लाख ५४ हनार ४ सय ३ रुपैँया र १० लाख ८४ हजार ३ सय रुपैँया गरी गत आर्थिक वर्षमा ३ करोड १९ लाख १६ हजार ८ सय रुपैँया आम्दानी भएको समितिले जनाएको छ ।

यस्तै गत आर्थिक वर्षमा कुल ७१ लाख ८६ हजार ९ सय ८९ रुपैँया ३५ पैसा खर्च भएको छ । कर्मचारीको तलबका लागि ५७ लाख ५४ हजार ६ सय ९० रुपैँया, फर्निचरमा ९९ हजार ६ं५ सय १ र फोहोर व्यवस्थापनमा ८७ हजार ८ सय रुपैँया खर्च भएको समितिले उल्लेख गरेको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ २ लाख ५२ हजार खर्च हुँदा आवश्यक सामाग्री ढुवानीतर्फ ५ लाख २७ हजार ६ सय रुपैँया खर्च भएको छ । समितिले आकश्मिक तिर्थयात्री उद्धारका निम्ति ८ हजार ८ सय, बैँक व्याज करतर्फ ३ लाख २८ हजार २ सय १३ रुपैँया ३५ पैसा, कार्यक्रम गरेबापत ३० हजार ७ सय रुपैँया र अन्य विविधतर्फ ९७ हजार ६ सय ८५ रुपैँया खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
हाल समितिसँग ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपँैया २३ पैसा बैँक खातामा र गत वर्षको असोज ६ गते सम्मको ८५ तोला ८ लाल फिाईन गरिएको सुन र १ तोला ८५ लाल तौल रहेको सुनको २ थान टिल समितिको भल्टमा सुरक्षित राखिएको समेत जनाइएको छ ।

गत आर्थिक वर्षको भदौ ७ गतेदखि असार मसान्त सम्म प्राप्त भएको सुनचाँदीको विवरण समेत रिफाईन गरी चाँडै सार्वजनिक गर्नै तयारी भईरहेको समितिका कार्यकारी निर्दैशक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन १२ गते बसेको बैठकले समितिका सदस्य सम्भुप्रसाद गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । सो समितिले गत आर्थिक वर्षमा प्राप्त भएका सुनचाँदीलाई रिफाईन गरि तौल यकिन गरेर सार्वजनिक गर्नेछन् ।
यस्तै समितिसँग १ र २ दरका नेपाली सिक्का ११ लाख ६० हजार, भारतिय नोट १९ लाख ६४ हजार ५ सय ४० रुपैँया, ३४ क्विन्टल भारतीय सिक्का मौज्दात रहेको छ । यस्तै अमेरिकन डलर ३३१९, अष्टे«लियन डलर ९०५, इङल्याण्ड पाउण्ड ७७०, साउदी रियाल १२९५, कतार रियाल ३९५२, दुवई रियाल २९५०, मलेशियन रिंगेट २५८० कार्यालयमा मौज्दात रहेको छ ।

गत वर्षमा सबैभन्दा बढी बैशाखमा तिर्थयात्री आए
गत आर्थिक वर्षको वैशाख महिनामा सबैभन्दाबढी तिर्थयात्री पाथीभरा मन्दिर दर्शनका लागि आएका छन् । सकितिको तथ्याङ्क अनुसार सबैभन्दा कम साउन महिनामा १ हजार ७ सय ९५ जना मात्र भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा आएका छन् । भदौमा ८ हजार ७५, असोजमा २२ हजार ९ सय ६४, कात्तिकमा १७ हजार १ सय ७० जना आएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै मंसिरमा २३ हजार ३ सय ६६, पुसमा ६ हजार ५४, माघमा ५ हजार ८ सय ३७ र फागुनमा १८ हजार ६ सय ८६ तिर्थयात्रीले दर्शन गरेका छन् । चैत्र महिनामा ३० हजार ६ सय १८ जना आउँदा जेठ र असारमा क्रमश २७ हजार २ सय १७ र ३ हजार ६ सय २ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा दर्शनार्थीको संख्या घटेको समितिले जनाएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*