सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सत्ता-प्रतिपक्षीबीच सहमति

वेलकम खबर
भदौ ६, २०८०

काठमाडौ । सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ।सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गर्ने सहमति भएको हो।

‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरी असोज ५ गतेदेखि आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा लेखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएपछि जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो। २ बुँदे सहमतिमा ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेलेले गत साउन १० गतेदेखि सदन अवरूद्ध गर्दै आएको छ। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग एमालेले गरेको थियो।

प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्दैछ।

यस्तो छ सहमति:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*