नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

वेलकम खबर
भदौ ५, २०८०

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहका बीच मङ्गलबार अपराह्न शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*