पन्तको अभिव्यति प्रति शेर्पाको आपत्ती
ताप्लेजुङ । नेकपा एमाले नेता रघुजी पन्तले दिएको अभिव्यति प्रति नेपाल शेर्पा संघ ताप्लेजुङले आपत्ती जनाएको छ। नेपाल शेर्पा संघ, शेर्पा सञ्चार समुह, हिमालय शेर्पा सास्कृतिक केन्द्र, नेपाल शेर्पा विद्याथी संघ लगायतका संघ संस्थाले आपत्ति जनाएका हुन् । जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेताले आम शेर्पा समुदायमाथी आघात पुग्ने गरीको अभिव्यती दिएको शेर्पा संघका अध्यक्ष पासाङरिता शेर्पाले वताए ।
पन्तले शेर्पाहरू कहावाट आए, कहिले आए, कसरी आए भन्ने विषयमा गलत अभिव्यती दिएको पासाङले वताए । उनले आम रुपमा माफी नमागेसम्म नछोडिने चेतावनी शेर्पा समुदायले दिएका छन् । वतेमान अवस्थामा गलत अभिव्यती दिने कम वड्दो रहेकोले सरकारलाई निगरानी बढाउन पनि आग्रह गरिएको छ।




















