नेकपा एमाले संसद नचले नचलोस् भन्ने मनसायमा देखिएको प्रधानमन्त्रीको टिप्पणी

वेलकम खबर
साउन ३१, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद नचले नचलोस् भन्ने मनसायमा देखिएको टिप्पणी गरेका छन् ।मंगलबार प्रमुख सञ्चार माध्यमको सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले संसद सञ्चालनको सहमति गर्ने र उल्लंघन गर्ने गरिरहेको आरोप लगाए ।

‘म, देउवाजी र ओलीजी पटक पटक बस्यौं, संसद खोल्ने सहमति भयो, समिति सभापति र टीआरसी ९बेपत्ता पारिएका व्यक्तिको छानबिन एवं सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक० मा मिलेर जाने सहमति भयो, तर यहाँबाट बानेश्वर पुग्दा सहमति भंग भयो’, प्रधानमन्त्रीले भने, ‘उहाँहरुको व्यवहारले संसद नचले नचलोस् बरु भाँडमा जाओस् भन्ने देखिन्छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गर्दै १० साउनदेखि संसद अवरोध गरिरहेको छ । संसद खोल्ने विषयमा प्रमुख तीन दलबीच पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन । सत्तापक्षले उच्चस्तरीय छानबिन समिति नभइ सरकारी संयन्त्रले नै सुन प्रकरणको अनुसन्धान गर्ने बताउँदै आएको छ भने एमालेले उच्चस्तरीय छानबिन समिति गठनको अडान छाडेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*