ताप्लेजुङमा छोराले गरे आमाको हत्या

वेलकम खबर
साउन २९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँउपालिका –५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए ।कार्कीका अनुसार हत्याको कारण भने खुलेको छैन । सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*