ताप्लेजुङको दोभान बजारका बाढीको जोखिममा घर र पसलका सामान सारियो

वेलकम खबर
साउन २९, २०८०

ताप्लेजुङ । मैवाखोलाको कटानमा परेका ताप्लेजुङको दोभान बजारका ६ वटा घर र एउटा पसलको सामान अन्यत्र सारिएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङका वडाध्यक्ष गजेन्द्र नाल्वुका अनुसार खोलाले घर भत्काउने भएपछि सामान सारिएको हो ।

सुकबहादुर लिम्बू, प्रेम न्यौपाने, रिञ्जेन शेर्पा, धनबहादुर लिम्बू, दिपक धिताल, याम आङवोहाङको घर र पसलको सामान सारिएको छ भने पवन लिम्बूको घर पनि जोखिममा परेको नाल्वोले बताए । आइतबार बेलुकादेखि खोला केही घटेपनि कटान नरोकिएका कारण जोखिम कामयै रहेको उनले बताए ।

खोलाले सडक बगाएपछि सदरमुकाम फुङलिङबाट आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जाने मार्ग अवरुद्ध भएको छ । खोलाले पूरै सडक बगाएको र अन्यत्रबाट घुमाउने विकल्प नभएकाले खोलामा पानीको सतह घटेपछि मात्रै विकल्पका बारेमा सोच्न सकिने मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांविर हाङ्गामले बताए । दोभान ताप्लेजुङको दोस्रो व्यापारिक केन्द्र पनि हो ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*