संसदीय समिति पोहोरै हेरिसक्यौं : ओली

वेलकम खबर
साउन २८, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए ।

आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ ।

सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ’, एमाले अध्यक्ष ओलीले अगाडि भने गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् । गृहमन्त्री असफल भइसकेको बताए । तर रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए ।‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’-onlinekhbar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*